पढाइ सकेपछि अष्ट्रेलियामा बस्न कुन भिसा लिने ?


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

अष्ट्रेलियामा अध्ययनरत वा अध्ययनकालागि आउन चाहने धेरै विद्यार्थीहरुले सोध्ने प्रश्न हो–पढाइ सकेपछि अष्ट्रेलियाको अन्य कुनै भिसा लिएर बस्न पाइन्छ कि पाइदैन ?

एक्सपर्टहरु भन्छन्–अष्ट्रेलियाको हाल विद्यमान आप्रवासी कानून अनुसार यो सम्भव छ । अर्थात कुनै कुनै अवस्थामा आफ्नो अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुले केही वर्ष अष्ट्रेलियामै बस्न चाहेमा भिसा आवेदन दिन सक्छन् । यसकालागि अष्ट्रेलियााको अद्यागमन र नागरिकता सम्बन्धी विभागमा गएर परामर्श लिन सकिन्छ । अथवा यहाँँको सरकारको गृह मामिला सम्बन्धी वेवसाइटमा गएर पनि विद्यामान प्रावधानहरुबारे जानकारी लिन सकिन्छ ।

भिसा सम्बन्धी अहिले विद्यमान कानून अनुसार यदि तपाईले कुनै पनि विश्वविद्यालयबाट स्नातक,स्नातकोत्तर तह वा रिसर्चमा कम्तीमा दुई वर्ष अध्ययन गरिसक्नुभएको छ भने बाँकी अध्ययन र कामकालागि भिसा आवेदन दिन योग्य ठहरिनेछ । यस्तो भिसाबाट तपाईले अष्ट्रेलियामा थप दुईदेखि चार वर्षसम्म बस्न र काम गर्न पाउनुहुनेछ । तर यो तपाईको पढाइको विषय र लेभलमाथि निर्भर रहन्छ ।

-हिमालयन कङ्गारु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com