श्रीमान थला परेपछि श्रीमतीले छोडिन् घर, बाबुको स्याहार गर्ने ६ वर्षीया बालिका भाईरल


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

चीनकी एक ६ वर्षीया बालिका निकै फेमस भएकी छन्। जसले आफ्ना रोगी बाबुको स्याहार गरेर स्कुनल पनि पढ्न जाने गरेकी छन्। दुई वर्ष अगाडि तिब्र गतिमा आएको ट्याक्सी ठक्कर दिँदा टियान थला परेका थिए। उनको अहिलेपछि घुँडाभन्दा तलका खुट्टा चल्दैनन्। केही समय अगाडि ७ वर्षे पती पत्नीको सम्बन्ध तोडेर उनकी पत्नी सदाका लागि हिँडिन्। उनले आफुँसँगै आफ्नो सानो छोरालाई पनि लिएर हिँडेकी छन्।

त्यसपछि साहारा बिहिन भएका ४० वर्षीय बाबु टियान हैचेँगलाई आफ्नी ६ वर्षीया छोरी जियाले साहारा दिन थालेकी हुन्। ती बालिका बिहान ६ बजे उठेपछि राती सुत्ने बेलासम्म बाबुको सेवा गरिरहन्छिन्। आमाले छोडेपछि ती बालिकाले आफ्नो बाबुको जिम्बेवारी सम्हालिन्। उनले बिहान देखि बेलुकीसम्म बाबुको शरीरमा मालिस गरिरहन्छिन्। यति मात्रै होईने उनले बाबुको खुट्टामा भएको घाउ सफा गर्ने र औषधी लगाउने काम पनि गर्छिन्। जिया स्कुल पनि जाने गर्दछिन्।

यसपछि उनका हजुर बा र आमाले पनि सकेजति सहयोग गर्छन्। पछिल्लो समय केही सामाजिक सञ्जालमा ती बालिका र रोगी बाबुको बारेमा लेखिएपछि अहिले चीनमा ति बालिकाका ५ लाख भन्दा बढी फ्यानहरु भएका छन् भने बालिका भाईरल नै भएकी छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com