बबरमहलमा सवारी दुर्घटना, २ को अवस्था चिन्ताजनक
प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

काठमाडौँको बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेको नाम खुल्न सकेको छैन । दुवैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ ।
दुर्घटनामा परेको कारको अगाडिको भागमा क्षति पुगेको छ । मोटरसाइकलमा पनि क्षति पुगेको छ । तीब्र गतिमा गुडिरहेका दुवै सवारी साधन एक आपसमा ठक्कर खाएको प्रत्यक्षदर्शीले बताएका छन् ।