नेपालको आकाशमा उडिरहेको इथोपियन जहाजको तेल सकियो, जतिबेलापनि खस्न सक्छ !


प्रकाशित मिति : आश्विन १६, २०७५ मंगलबार

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल रुपमले अलिक जटिल समस्याको समाधान गर्नु पर्यो । उडिरहेको विमानका चालकले आत्तिदै विमानमा रहेको इन्धन सकिनै लागेको छ । खस्न सक्छ । आपतकालिन अवतरण जरुरी छ भनेपछि त्यसको अन्दोवस्ती मिलाउन हम्मेहम्मे पर्यो । धावन मार्गमा देखिएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण बेला बेला प्रभावित हुँदै आएको छ । ३० मिनेट विमानस्थल बन्द हुँदा ३ घण्टासम्मको उडान–अवतरण प्रभावित हुने गरेको छ ।

जहाजले घण्टौँसम्म आकाशमै होल्ड गर्नुपर्ने अवस्था हुन्छ । आन्तरिक तथा बाह्य उडानहरु धावनमार्गको समस्याको मारमा पर्ने गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्ने समय नपाएर आकाशमै होल्ड हुँदा असुरक्षित उडानको वातवरण सिर्जना हुनसक्ने स्वयम् विमानस्थलकै अधिकारीहरूले बताउने गरेका छन् । सोमबार पनि यस्तै भएको छ । इन्धन सकिन लागेको भन्दै इथोपियन एयरलाइन्सको जहाजले आपतकालिन अवतरण मागेको छ ।

आकाशमै धेरै होल्ड भएर इन्धनको कारण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनको चार्टर उडानमा आएको जहाजले प्रायोरिटी ल्यान्डिङ एप्रुभ मागेको थियो । विमानस्थलको धावन मार्ग चर्किंदा त्यसको मर्मत र उडानको वीक समयले धेरै जहाज आकाशमै होल्ड थिए । जसमा पालोअनुसार इथोपियन एयरलाइन्सको जहाजले ढिलामात्र अवतरणको समय पाउने थियो । त्यतिबेलासम्म इन्धन अपुग हुने भन्दै जहाजले तत्काल अवतरण अनुमति माग गरेको हो । जहाजको अनुमति मागेपछि पहिले नै पालो दिएर अवतरण गरिएको छ ।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणको चाप र कमजोर पूर्वाधार हुँदा दैनिक जहाजहरू घण्टौं आकाशमै होल्ड हुने समस्या देखिएको छ । उपयुक्त स्लट व्यवस्थापन नहुँदा र धावनमार्गको कालोपत्रे उप्किने समस्याले जहाजको आकाशमै होल्ड हुने प्रवृत्ति बढ्दै गएको छ । धावनमार्गको पिचको आयु सकिएको र भूकम्पले झनै कमजोर बनाएपछि दैनिकजसो भत्किने गरेको छ । पिच परिवर्तन गर्ने भन्दै सरकारले २ वर्ष अघि टेन्डर निकालेको थियो । तर, टेन्डरको काम अझै सकिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com