दुई नेपाली दाजुभाई कतारको एक कम्पनीले गर्यो ठुलो सम्मान !


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

शिवराज गौतम, दोहा, कतार। आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन्। इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन्।

सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्ये छटट बहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन्।

नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटटबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराइभुमीमा भएजस्तो पनि नलागेको बताए।

यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए। छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउकै राम्रो विद्यालयमा अध्ययन गरिरहेका छन्। उनले आफना सवै छोरीको पनि विवाह गरिदिइसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुरपनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेकाछन् सोम बहादुरले नजानेको काम केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेकाछन्। अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन्।

सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउमै नया घरजग्गा समेत जोडी सकेका छन्।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको सोमबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे। यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए।

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको दुवै दाजुभाईले भनाई थियो।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेकाछन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्का, इनामहरुबाट लाभान्वित भइका छन्।

कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन्। उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com