Follow @khasokhasmag

जापानी युवतीमाथी जर्वजस्ती गरेको आरोपमा नेपाली युवा पक्राउ


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोका ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ति यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् ।

गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’ भन्दा ति महिलाले बेवास्ता गरेपछि जबर्जस्ति चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

टोकियो महानगर प्रहरीका अनुसार युवति प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।

उनले प्रहरी संगको बयानमा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ । ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com