अष्ट्रेलिया आउनुअघि प्रष्ट हुनपर्ने चार कुराहरु


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

१ अष्ट्रेलिया आउन चाहने विद्यार्थीले के कुरामा ध्यान दिनुपर्छ ?

मुख्य कुरा निर्णय कसरी लिने भन्ने हो । बजारमा सयथरिका कुरा आउँछ । तर, निर्णय सही लिन सक्नुपर्छ । हाम्रो सिस्टम र उताको सिस्टम नमिल्न सक्छ । बेलाबेलामा परिवर्तन भइरहेको हुन्छ । त्यसको सही जानकारी लिनुपर्छ ।

२ अष्ट्रेलियामा रहेका विद्यार्थीको जीवन कस्तो हुन्छ ?

विद्यार्थी जीवन जहाँको पनि संघर्षपूर्ण नै हुन्छ, अष्ट्रेलियामा पनि त्यही हो । तर, संघर्षभित्र पनि इन्जोय गर्न सक्नुपर्छ । अष्ट्रेलिया बस्नका लागि र पढ्नका लागि राम्रो गन्तव्य हो । बस्नको लागि नर्वेपछि दोस्रो उपयुक्त देशको रुपमा लिइन्छ । मुख्यकुरा समयको व्यवस्थापन हो । पढ्ने, काम गर्ने, घुमघाम गर्ने वा पैसा कमाउने यी सबै व्यवस्थापन आफैले गर्नुपर्छ । बेरोजगारी दर ५ प्रतिशतभन्दा कम छ । काम नपाइने भन्ने हुँदैन । तर, दुःखचाहि हुन्छ । त्यसको लागि तयार बनेर मात्रै जानुपर्छ ।

३ अष्ट्रेलिया पढ्न जाने कि पैसा कमाउन ?

पहिलो प्राथमिकता पढ्नमै हुनुपर्छ । त्यसपछि बल्ल पैसा कमाउन । हामीले १५ सय भन्दा बढी विद्यार्थी पठाइसकेका छौं । सबैलाई पढाइमा मुख्य ध्यान दिन भनेका छौं, अहलेपनि त्यही भन्छौं । पढिसकेपछि पीएसडब्लु सिस्टममा २ वर्षसम्म काम गर्न पाइन्छ । अष्ट्रेलियन सरकारले नै तपाईं यहाँको अनुभव लिनुहोस् भनेको हुन्छ । मज्जाले काम गर्ने अनि कमाउने । तर, पहिले नै कमाउनतिर लागियो भने पढाइ बिग्रिन्छ ।

४ विद्यार्थी भिसामा अष्ट्रेलिया जाँदा कति खर्च हुन्छ ?

उही युनिभर्सिटीमा उही कोर्षमा फी फरक हुनै सक्दैन । कसैले स्कोलरसीप पायो भने फरक कुरा हो । फरक ब्राण्डले फरक शुल्क लिनसक्छ । फरक युनिभर्सिटीको फरक फी हुनु स्वाभाविकै हो । कन्सल्टेन्सीले लिने परामर्श सेवा शुल्क छुट्टै हो । यो अति नै न्यून हुन्छ । त्यसकारण आफैले जानकारी लिनुपर्छ । फलानोले भनेको हो म जान्छु भनेर आँखा चिम्लेर लाग्नु हुँदैन । त्यसकारण सही जानकारी पाइने ठाउँमा मात्रै जानु उत्तम हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com