यसरी त्याग्न सकिन्छ अष्ट्रेलियन नागरिकता


प्रकाशित मिति : आश्विन १४, २०७५ आईतबार

नेपालमै अनुकुल वातावरण बनेपछि अष्ट्रेलियाको नागरिकता लिएर पनि पुनः त्याग्ने योजनामा रहेका नेपालीहरुको संख्या अहिले बढ्दैछ ।

नेपालमै पनि प्रसस्तै सम्भावना र अवसरको वातावरण बन्दै गएपछि नेपालमै फर्केर केही गर्ने सोंच बोकेका नेपालीहरु पनि बढ्दैछन् । तर नागरिकता जस्तो कुरा केटाकेटीको खेल होइन,मन लाग्दा लिने र आवश्यक नपर्दा त्याग्ने । त्यसैले लिइसकेको अष्ट्रेलियाको नागरिकता कसरी त्याग्न सकिन्छ ? भन्नेबारे यहाँ संक्षेपमा चर्चा गर्दैछौं ।

यस्तो सन्दर्भमा अष्ट्रेलिया र नेपाल दुवै देशको कानुन विचार गर्नुपर्ने विज्ञहरु बताउँछन् । १८ वर्षभन्दा बढी उमेरका अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाको नागरिकता त्याग्न चाहेमा त्यसो गर्न पाउने प्रावधान छ । तर अष्ट्रेलियाले ‘राज्यविहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी’मा हस्ताक्षर गरेको हुनाले उसका केही शर्तहरुको पालना भने गर्नुपर्ने हुन्छ ।

दोहोरो नागरिकताको व्यवस्था भएका देशका नागरिकहरुका सम्बन्धमा खासै समस्या पर्दैन, किनभने अष्ट्रेलियाको नागरिकता त्यागे पनि ऊसँग अर्को देशको नागरिकता हुन्छ । तर नेपालले अझै पनि दोहोरो नागरिकताको व्यवस्था नगरेको हुनाले अस्ट्रेलियाले त्यत्तिकै यहाँको नागरिकता त्याग्न दिँदैन । किनभने त्यसो गर्दा आफ्नो नागरिक राज्यविहीन हुन पुग्ने उसलाई डर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैले एकपटक नेपाली नागरिकता त्यागेर अष्ट्रेलियाको नागरिकता लिइसकेपछि पुनः नेपालकै नागरिकता लिन ठूलै कानूनी जटिलताको सामना गर्नुपर्ने हुन्छ । यसकारण पछि नेपालमै गएर बस्ने सोंच भएका नेपालीहरुले सकभर नागरिकता नत्याग्न विज्ञहरु सुझाव दिन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com