२०१७ मा ३८५ विदेशीहरुको भिसा नवीकरण नभएको तथ्यांक सार्वजनिक


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

गत वर्ष जापान बसिरहेका ३ सय ८५ जना विदेशी बसोबास अनुमतिबाट बञ्चित भएको अर्थात भिसा नवीकरण नभएको तथ्यांक सार्वजनिक भएको छ । जापानमा शंकास्पद गतिविधिको संख्यामा भएको वृद्धिका कारण यस्तो भएको यहाँको न्याय मन्त्रालयले बताएको छ । नियमअनुसार तोकिएको काम नगरेका विदेशीहरु समेत यसमा छन् ।

बसोबास अनुमति पाउन बञ्चित भएकाको संख्या अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतको वृद्धि भएको हो भने यो सन् २००५ यताकै सबैभन्दा धेरै रहेको बताइएको छ । यसमा रेसिडेण्ट स्टेसस नपाउने विद्यार्थीको संख्या दोब्बरले बढेको तथ्यांकले देखाएको छ । यसले कुल संख्याको ४४ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको पाइएको छ ।

गत वर्षको मे सम्ममा जापानमा विदेशी विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा २७ हजार ७ सय ५५ ले बढेर २ लाख ६७ हजार ४२ मा उक्लिएको जापान विद्यार्थी सेवा संस्थाको तथ्यांकले देखाएको छ । यति मात्रै नभई स्कूलबाट निकालिसकिएको अवस्थामा पनि उनीहरु जापानमै बसिरहेको समेत पाइएको बताइन्छ ।

यसरी बसोबास अनुमति नपाउने जापानी नागरिकका पति वा पत्नी वा बालबच्चाको संख्या १७ दशमलव ४ प्रतिशत रहेको छ भने अन्य विदेशीहरुमा भियतनामी नागरिकको संख्या सबैभन्दा धेरै अर्थात ४६ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तै चिनियाँ र फिलिपिनोको संख्या क्रमशः २१ दशमलव ८ प्रतिशत र ७ दशमलव ८ प्रतिशत रहेको तथ्यांक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही विदेशीहरुले उनीहरुलाई काममा राख्ने कुनै योजना नभएका कम्पनीको नामबाट समेत स्टेटस लिएको भेटिएको माइनिची सिन्बुनले लेखेको छ ।

जापानमा श्रम अभाव चर्केसँगै सरकारले बढी भन्दा बढी विदेशी विद्यार्थी र कामदार जापान ल्याउने तयारी गरे यता गैरकानूनी रुपमा जापान बसेकाहरुमाथि पनि कारवाही गर्ने तयारी तिब्र पारिएको बुझिन्छ ।

गत वर्षको अक्टोबर महीनासम्म जापानमा विदेशी नागरिकको १२ लाख ८० हजार पुगेको स्वास्थ्य, श्रम र कल्याणकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com