बीपी अस्पतालको भुईमै जन्माइन तुलसीले जुम्ल्याह बच्चा उभिएकै अवस्थामा बच्चा भुईमा


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक महिलाले निकै कष्टकर तरिकाले बच्चा जन्माएकी छिन् । दुई महिना अघिदेखी पेट दुखीरहेपनी सोमबार बिहानबाट भने अत्याधिक दुखेपछी बिपि प्रतिष्ठान गएकी दुहबी ५ की २५ बर्षिया तुलसीकुमारी साहले आफ्नो बच्चा उभिएकै अवस्थामा जन्माएकी हुन् ।

आफुलाई समस्या भएकाले पहिला हेरिदिन तुलसीकुमारीका श्रीमान रामजीप्रसाद रौनियारले चिकित्सकलाई आग्रह गरेपनी नर्श तथा चिकित्सकहरुले वेवास्था गरीरहेका बेला साहको बच्चा उभिएकै अवस्थामा भुईमा झरेको थियो । दुई बच्चा आफ्नो श्रीमतीको पेटमा रहेको र निकै समस्या भएको बताएपनि चिकित्सकहरुले नसुनेपछी तुलसी कुमारीले पहिलो बच्चा उभिएकै अवस्थामा जन्मिएको हो ।

बच्चा जन्मिएपछी पनि दश पन्ध्र मिनेटजती चिकित्सक तथा नर्सहरुले नहेरेको तुलसीका श्रीमान रौनियारले गुनासो गर्नुभयो । चार बर्ष अघि एक छोरा जन्माएकी तुलसीले अहिले भने एक छोरा र एक छोरीलाई जन्मदिएकी छन् । बिराटनगरमा तपेशलाल कर्णसंग नियमित जाँच गराएपनी सबैले राम्रो भनेकाले प्रतिष्ठानमा प्रसुतिकालागि ल्याएको तर चिकित्सकले लापर्बाही गरेकाले आफु निराश भएको रौनियारको भनाई छ । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रशुती गराउनका लागि राम्रो मानिएपनी पछिल्लो समयमाभने सेवा छिटो छरितो नहुने समस्या रहेको बिरामी तथा आफन्तले बताएका छन् ।

बराहक्षेत्र २ की साधना पौडेललाई सोमबार राती १२ बजे ब्याथा लागेको थियो । प्रतिष्ठानसम्म लैजान साधन नभएका कारण बल्ल बल्ल बिहान ६ बजे प्रतिष्ठान पु¥याएको भएपनि चिकित्सकको बेवास्थाका कारण झण्डै छोरीको ज्यान गएको आमा माया गौतमले बताउनु भयो । बिहान ६ बजेदेखीनै अपरेशनका लागि तयारी गरेपनी बेवास्ता गरेकाले सोर्स फोर्सपछी दुईबजे मात्र अपरेशन थिएटर लगिएको थियो । अपरेशनपश्चात बच्चा जन्मिएपनी प्रतिस्ठानको अवस्था भने बिग्रदै गएको गौतमको भनाई छ ।

प्रतिष्ठानको उपचार खस्कदै गएको अवस्थामा स्त्रीरोग बिषेशज्ञ तथा प्रशुति बिभाग इन्चार्ज डा। मोहन रेग्मीले भने आफ्नो बचाउ गर्नुभएको छ । डा। रेग्मीले चिकित्सककको वेवास्ताका कारण लाईनमा उभिएकै अवस्थामा बच्चा जन्मिएको बिषयमा आफुलाई जानकारी नभएको र जानकारी लिएपछी मात्र जवाफ दिने प्रतिकृया दिनुभयो । उहाँले पहिला ३०÷४० जनाको डेलिभरी गराउने गरेको भएपनि अहिले अत्याधिक चाप भएका कारण ६०÷७० जनाको डेलिभरी हुने भएकाले पनि त्यस्तो हुनसक्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com