आमासँग बोल्दाबोल्दै युएईमा गाडी दुर्घटनामा युवाको मृत्यु


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ ।

तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो । बोल्दा बोल्दै फोन काटिएको थियो । त्यही बेला नै यामप्रसादले चलाएको गाडी दुर्घटना भएको थियो तर परिवारले भने दुर्घटनामा भएको पछि मात्रै थाहा पायो ।

८ वर्ष अघि युएई जानुभएका यामप्रसाद व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा सुरुमा होडिङबोर्ड बनाउने काम गर्नुहुन्थ्यो । केही समयअघि मात्रै उहाँले गाडी चलाउन थाल्नुभएको थियो । कम्पनीका अनुसार उहाँले चलाएको गाडीलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।

यामप्रसादको ज्यान गएको खबरपछि श्रीमती कोपिला रिजाल र आमा बुवा अचेत अवस्थामा छन् । उहाँको २० महिनाका छोरा पनि छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारका ४ दाजुभाइमध्येका माइलो यामप्रसादले दाइ र भाइलाई समेत युएई लानुभएको थियो । यामप्रसादकै पहलमा युएई पुगेका दाजुभाइले नै गएको शुक्रबार उहाँको शव लिएर घर फर्किएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com