श्रीमान विदेशः परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ की सम्झना तामाङ रहेकी छन् । हिजो शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।

श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको उनले हत्या गरेकी हुन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com