जापानमा ड्रोनमार्फत पत्रिका डेलिभरी हुने


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

शुक्रवार जापानको होकाइदो शहरमा ड्रोनको माध्यमबाट पत्रिकाको डेलिभरी गेर्न कार्यको परिक्षण गरिएको छ । यसै महिनाको शुरुआतमा शक्तिशाली भूकम्पको चपेटामा आएको यस क्षेत्रबारे सूचना सम्प्रेषणका लागि ड्रोनको सहायता लिइएको हो ।

१० ओटा होक्काइदो सिम्बुन पत्रिका बोकाएर उडाइएको ड्रोनको एक समूहले २ सय मिटरको यात्रा एक मिनेटमा तय गरेको थियो । यस क्षेत्रमा आएको भूकम्पका कारण त्यहाँको जनजीवन प्रभावित बनेको थियो । डिजिटल सेवा र टेलिभिजन लगायतका सेवा अवरुद्ध भएका कारण त्यहाँका अधिकांश मानिसहरु सूचनामाथिको पहुँचबाट टाढा बनेको बताइएको छ । ‘कुनै पनि विपत्ति आइपर्दा पत्रिका सूचना आदान प्रदानको एक महत्वपूर्ण पूर्वाधार भएका कारण हामीले सफलतापूर्वक पत्रिका डेलिभरी गर्न पाएकोमा एकदमै हर्षित बनेका छौं,’होकाइदो सिम्बुनको वितरण विभागका प्रमुख ताकुमा बन्नोले भने । यो परिक्षणको बारेमा भूकम्पअघि नै योजना बनेको बताइएको छ ।

भविष्यमा ड्रोनको प्रयोग गरेर स्वचालित पत्रिका डेलिभरी सेवाको सम्भावनाको पनि परिक्षण गरिने समूहले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com