नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सी सँगको भेट अन्यौलमा


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

यति वेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणमा रहेका छन् । अध्यक्ष प्रचण्डको चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट निश्चित हुन सकेको छैन। अध्यक्ष प्रचण्ड काठमाडौंबाट उड्नुअघि अध्यक्ष्य प्रचण्ड यही अपेक्षासहित चीन प्रस्थान गरेका थिए।

‘काठमाडौंमा रहेको चिनियाँ दूतावासले अध्यक्षलाई राष्ट्रपति सीसँग भेटको तारतम्य मिलाउन सकिने बताएको थियो’ प्रचण्ड निकट एक नेताले संचारकर्मीलाई बताए अनुसार ‘बेइजिङस्थित नेपाली दूतावासले पनि अन्तिमसम्म भेटका लागि पहल गरिरहेको जानकारी आएको छ।’

अध्यक्ष प्रचण्ड आज चीनको नान्जिङमा छन् जहाँ उनले आजै चिनियाँ उपराष्ट्रपति वाङ क्वीसानसँग भेट गर्दैछन्। दुई देशबीच भएका पुराना सहमति र सम्झौताहरुको कार्यान्वयनको लविङका लागि भन्दै चीन उडेका प्रचण्डले उपराष्ट्रपति वाङसँग यही विषयको सेरोफेरोमा कुराकानी गर्ने बताइएको छ।

राष्ट्रपति सी चिनफिङसँग भेटघाटको समय पाएमा अध्यक्ष प्रचण्ड नान्जिङबाट बेइजिङ पुग्नेछन्। भेटघाटको समय नपाएमा भने उनी बेइजिङ नपुगी नेपाल फर्कने छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com