रेडलाइटको लफडाले नेकपा संकटमाः आफ्नै मुख्यमन्त्रीमाथि जाइलागे सांसद, कांग्रेस झनै उग्र (भिडियो)


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

नेकपा भित्र अनेक विवाद र नयाँ बहसहरु छताछुल्ल हुँदा त्यसले प्रतिपक्षी नेपाली कांग्रेसलाई विरोध गर्न थप मसाला मिलेको छ । संसद बैठकमा नेकपा सांसदले आफ्नै मुख्यमन्त्रीको आलोचना गरेर खेदो खनेपछि नेकपा थप विवादमा तानिएको छ ।

विषय हो पोखरामा रेडलाइट एरिया तोक्ने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्ति । जसले संसदमा हंगामा खडा गरेको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि विरोधको नयाँ मसाला बनेर आएको छ रेडलाइट एरिया ।

संसद बैठकमै नेकपाकै सांसद विरोध खतिवडाले केन्द्र सरकारले मुख्यमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिबारे धारणा दिनुपर्ने माग राखेका छन् भने नेपाली कांग्रेसका महिला सांसद आक्रोशित छन् ।उता पोखरामा नेपाली कांग्रेसका नेता कुमार खड्काले मुख्यमन्त्रीले या त माफी माग्नु पर्ने या राजिनामा दिएर सिट खालि गर्नुपर्ने भन्दै यो विषयमा प्रदेश सभा बैठक अवरोध गर्नेदेखि सडक संघर्ष गर्नु परे पनि पछि नहट्ने बताए ।संसद बैठक देखि पोखरासम्मको यो हंगामा हेर्नुस्ः

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com