काठमाडौंमै ४५ दिनमा ४२ बलात्कार !
प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार
देशभर बलात्कारका खबरले नागरिक आजित र आहत भएका छन् ।
छोरीचेली सुरक्षा चिन्ताको विषय बनेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, महानगरीय प्रहरी कार्यालयमा परेको उजुरी अनुसार, काठमाडौंमै ४५ दिनमा ४२ बलात्कारका घटना दर्ता छन् ।
काठमाडौंमा २८ र ललितपुर तथा भक्तपुरमा ७–७ बलात्कारका घटना भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको ५२ दिनमा देशभर २ सय २५ बलात्कार भएका छन् । बलात्कारका अधिकांश घटनामा प्रहरीले गम्भीरताका साथ अनुसन्धान नगर्दा पीडितले न्याय पाउन सकेका छैनन् ।