हिमानीले काठमाडौं छाडिन्, पूर्वराजा पनि जाँदै


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार पुनः थाइल्याण्ड जाने भएका छन् । थाइल्यान्डबाट उनीहरू श्रीलंका र भारतको आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेका पूर्वराजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै बैंकक पुगेकी छिन् ।

हिमानीका निजी सचिव स्मिता सिह, पूर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुगेकी हुन् ।

उनीहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्शेर राणा, साला उदय शम्शेर राणा र उनकी धर्मपत्नी रोशनी राणा पनि जाने छिन् ।
स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थालेका पूर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थालेका छन् ।

नातिनीद्वय पूर्णिका र कीर्तिकालाई भेट गर्न भन्दै थाइल्यान्ड जाने गरेका उनले थाइल्यान्ड हुँदै विभिन्न मुलुक भ्रमण गर्ने गरेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र परिवार दशैको फूलपातिको दिन मुम्बइ हुँदै नेपाल फर्कने कार्यक्रम छ । दशै लगत्तै पुनः विदेश भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com