दक्षिणकालीको खहरेमा १९ वर्षीय युवकको हत्या !


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

दक्षिणकाली नगरपालिका–३ खहरेमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । प्रहरीले प्राराम्भिक अनुसन्धानबाट स्थानीय १९ वर्षीय युवकको हत्या भएको निचोड निकालेको छ ।

चोभार नजिकै खहरे बजार निवासी १९ वर्षीय युवाको गएराति हत्या भएको हो । उनको शव घरबाट करिब आधा किलोमिटरको दुरीमा झाडीमा भेटिएको हो ।

प्रहरीले ती युवाको नाम खुलाइसकेको छैन । तर घटनास्थलमा महानगरीयप प्रहरी वृत्त कीर्तिपुरबाट डीएसपी अनिल खड्काको कमाण्डमा अनुसन्धान टोली पुगिसकेको छ । अनुसन्धान

टोलीले ती युवाको शरिर जाँच गर्दा घाँटीमा निलडाम भेट्टाएको छ भने शरिरका अन्य भागमा पनि चोट लागेको देखिएको छ ।

स्थानीय कृषि व्यवसायी अमृत वलीका अनुसार घोप्टो परेको अवस्थामा ती युवाको शव भेटिएको हो । उनका बाबु भने रोजगारीका लागि विदेशमा रहेको खुलेको छ ।

सम्मो स्थानमा रहेको झाडीमा ती युवाको शव भेटिएकाले कसैले हत्या गरेर त्यहाँ फालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com