खुसिको खबर एसपी विष्टको डिएनए परीक्षण हुने


प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार

कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन ।

वास्तविक हत्यारा पत्ता लगाउन सहयोग पुग्ने प्रमाण नै प्रहरी बाटै नष्ट भएको आरोप प्रहरीलाई लागिरहेको बेला एसपी डिल्ली विष्टको डिएनए परीक्षण गरिने भएको छ ।

दिलीप बिष्टको डिएनएले पनि मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन् । स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन् । ‘अब प्रहरीका उच्च तहका अधिकारीकै डिएनए परीक्षण गराउनुपर्छ’, उनले भने, ‘जनताको शंका प्रहरीतिरै भएकाले उनीहरूले डिएनए परीक्षण गराउँदा केही बिग्रंदैन ।’ स्थानीय बासिन्दा र निर्मलाका आफन्तले एसपी डिल्ली बिष्टलगायतका जिम्मेवार प्रहरीमाथि नै शंका गरिरहेको उनले बताए ।

स्थानीय नैनसिंह बुढा पनि दिलीप बिष्ट निर्दोष साबित भएपछि अब जनताको औंला प्रहरीतर्फ सोझिएको बताउँछन् । निर्मलाको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको टोली सुरुदेखि नै निर्दोषलाई फसाएर दोषी करार गर्न सक्रिय रहेको पाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com