खुसिको खबर एसपी विष्टको डिएनए परीक्षण हुने


प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार

कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन ।

वास्तविक हत्यारा पत्ता लगाउन सहयोग पुग्ने प्रमाण नै प्रहरी बाटै नष्ट भएको आरोप प्रहरीलाई लागिरहेको बेला एसपी डिल्ली विष्टको डिएनए परीक्षण गरिने भएको छ ।

दिलीप बिष्टको डिएनएले पनि मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन् । स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन् । ‘अब प्रहरीका उच्च तहका अधिकारीकै डिएनए परीक्षण गराउनुपर्छ’, उनले भने, ‘जनताको शंका प्रहरीतिरै भएकाले उनीहरूले डिएनए परीक्षण गराउँदा केही बिग्रंदैन ।’ स्थानीय बासिन्दा र निर्मलाका आफन्तले एसपी डिल्ली बिष्टलगायतका जिम्मेवार प्रहरीमाथि नै शंका गरिरहेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय नैनसिंह बुढा पनि दिलीप बिष्ट निर्दोष साबित भएपछि अब जनताको औंला प्रहरीतर्फ सोझिएको बताउँछन् । निर्मलाको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको टोली सुरुदेखि नै निर्दोषलाई फसाएर दोषी करार गर्न सक्रिय रहेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com