तिजमा माईत हिडेकी महिलाको कार दुर्घटनामा मृत्यु


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

पुर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरी ७ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।धरानबाट विर्तामोड जाँदै गरेको बा १९ च ६१२२ नम्बरको कार कानेपोखरी चौकबाट ३ किलोमिटर पूर्व सडकबाट होलीमा झर्दा गाडीमा सवार ललिता गोयलको मृत्यु भएको हो ।

नारायघाटबाट माइत आएकी गिता अग्रवाल आमा संगै विर्तामोड मामल जादै गर्दा ओभरटेयाक गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । बिहान १० बजेको समयमा पानि परेको र जिप कन्ट्रोल हुन नस्कदा होलीमा खसेको हो ।

जिप सडक छेउको रुखमा ठोकीएर जिपको अगाडीको पुरु भाग भतकिएको छ । एकै परिवारका ५ जना सवार जिपमा मृतकका ज्वाई जिपका चालक अनिल अग्रवाल छोरी गिता अग्रवाल र नाति बरुण अग्रवालको चिन्ताजनक अवस्थामा भएकोले न्युरो अस्पताल विराटनगरमा उपचारमा पढाएको इलाका प्रहरी कार्यलय पथरी का प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनु भयो । जिपमा सवार मृतकका ससुरा विश्व अग्रवाल धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com