नेपाल एयरलाइन्सको चरम लापरबाही : दुबई उड्नुपर्ने जहाज पुग्यो मलेसिया !


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

नेपाल एयरलाइन्स व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेएकै बेला एयरलाइन्सले अर्को वितण्डा मच्चाएको छ ।

गल्तीहरुलाई सच्याउँदै अघि बढ्नुपर्नेमा एयरलाइन्स व्यवस्थापन कुन हदसम्मको मनपरि ढंगले चलिरहेको छ भन्ने उदाहरण पछिल्लो यो घटनाले पुष्टि गरेको छ ।

प्रसंग हो– एयरलाइन्सले सोमबारको उडान । एयरलाइन्सको विमान आइतबार राती संयुक्त अरब इमिएट्स (युएई) उड्नुपर्ने सेड्युल थियो । तर एकाएक निगम व्यवस्थापनले सो उडान रद्द गरेर सोमबार बिहान मलेशियाकोराजधानी क्वालालम्पुरका लागि उडाए ।

निगमका एक उच्च अधिकारीका अनुसार एक आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ उडाइएको हो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उनका अनुसार सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कर्मशिलय विभागका निर्देशक गोपाल जोशी समेत मलेशिया पुगेका छन् । उनीहरुबाहेक सो टोलीमा अरु ३५ जना पनि रहेको बताइएको छ ।

१ सय ५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कुल १०२ जना टिकट काटेका थिए ।  सोमबार बिहान काठमाडौंबाट साढे ९ बजे मलेशियाको लागि उडेको सो विमान पी ओल्ट्रा  र सुदीप रिजालले उडाएको बताइएको छ ।

दुबई उडान रद्द हुँदा यात्रु सकसमा 
यता पूर्वनिर्धारित तालिकाअनुसार विमान दुबई नउडेर मलेशियाका लागि उडेपछि नेपाल र मलेशियातर्फका २२० जनाको हाराहारीमा रहेका यात्रुहरु समस्यामा परेको बताइएको छ ।

निगम स्रोतका अनुसार आइतबार राती दुबईको उडान रद्द भएपछि ६३ यात्रुलाई सिनामंगलको होटलमा राखियो । उता दुबईतर्फपनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखियो । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्ज लगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।

निगम नेतृत्वकै संलग्नतामा उडान रद्द भएको भन्दै निगमका एक अधिकारीले यस विषयमा व्यवस्थापनभित्र नै मतभेद रहेको स्वीकारे । निगमलाई सुधार गरेर अघि बढ्नुपर्ने पक्षका केही सञ्चालक समितका सदस्यले पहिला दुबईको उडान भरेर फर्किएपछि मलेशियाको लागि उडान गर्दा ठीक हुने धारणा राखेका पनि थिए । तर सो कुराको सुनुवाई नगरी मलेशिया उडान भर्ने काम भएको भन्दै ति कर्मचारीले नेतृत्वको अपरिपक्क निर्णयले अनावश्यक आर्थिक भार बहन गर्नुपरेको बताए । स्मरण रहोस् निगम अहिले ३३ अर्बरुपैयाँ भन्दा बढी ऋणमा रहेको छ ।

यस विषयमा प्रतिक्रिया लिन निगमका प्रवक्ता रविन्द्र श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा मोबाइल अफ थियो भने  प्रवन्ध निर्देशक सुगतरन्त कंसाकार सम्पर्कमा आउन चाहेनन् ।

सोमबार मात्रै नेपाल एयरलाइन्सका कर्मचारीले व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेको खबर रातोपाटीले प्रकाशित गरेको थियो ।

पछिल्लो समय व्यवस्थापनपक्षले संस्थालाई सुधार गर्नुको साटो थप धराशयी बनाउने बाटोमा अघि बढेको असन्तुष्ट कर्मचारीहरुको गुनासो बढ्दै गएको छ ।

यसविषयमा भने कंसाकारले १५ सय कर्मचारीमा एक दुईजना कर्मचारीले आफूलाई फेल गराउन लागिपरेको प्रतिक्रिया दिएका थिए ।

उनले ती कर्मचारीले जथाभावी आफ्नो र कम्पनीको बारेमा नराम्रो हल्ला फैलाएको दाबी गर्दै भनेका थिए ‘एक जना कर्मचारी पीआरवालाले जागिर छाडेको हो । अर्को दुईजनाले दुईरचार बर्ष बाँकी रहेपनि अहिले आफ्नो घरायसी कामको समस्या देखाउँदै छाडेका हुन् । अर्को एक जनाले प्रमोशन भएन भनेर जागिर छाडे । प्रमोशनपनि उहाँलाई लिएको परीक्षामा फेल भएपछि रोकिएको हो । हामी व्यवस्थापनको कुनै दोष छैन ।’

कंसाकारले कर्मचारीमाथि खनिएर उम्किने प्रयास गरेपनि पछिल्लो समय उडानै रद्द गरेर नयाँ गन्तब्यमा उडान भरिनुले निगममाथि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com