दिल्लीबाट फर्केर एक्कासी ककनी किन गए प्रचण्ड ?


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

भारत भ्रमणबाट फर्केको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  आरामका लागि भन्दै पर्यटकीयस्थल ककनी पुगेका छन् ।

तनाव बढेपछि यसभन्दा अघि सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुग्ने गरेका प्रचण्ड यस पटक ककनी पुगेका हुन् ।

नेकपाका नुवाकोट जिल्ला सदस्य तथा प्रदेशसभा सांसद हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आराम गर्न ककनी पुगेको बताए ।

उनी ककनीस्थित एक होटेलमा परिवारसहित आराम गर्न बसेको सांसद खतिवडाले जानकारी दिए । दाहाल मङ्गलबार बिहान परिवारसहित राजधानी फर्कने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com