हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

g’jfsf]6sf] Dofuªdf zlgaf/ ePsf] x]lnsK6/ b’3{6gfdf k/]/ d[To’ ePsf ^ hgfsf] zj sf7df8f}+ nlub}+ . t:jL/M hd’gf uh’/]n, g’jfsf]6, /f;;

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियाे ।

ज्यान गुमाएका ६ जनाको शव आइतबार बिहान अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याएका हुन् । हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको हो । एकजना यात्रु भने बाँच्न सफल भएकी छन् । आनी डोल्मा बाँच्न सफल भएकी हुन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com