वेगनासताल डुंगा दुर्घटना : ६ जनाको शव फेला, मृत्यु हुनेमा ८ जना


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएका ६ जनाको शव निकालिएको छ । ५ बर्षिय प्राचीन पौडेल, १७ बर्षिया मनिषा बजगाईं, ८ बर्षिय शिव खनाल र ७ बर्षिय शंकर खनाल, ४ बर्षिय रञ्जित गैरे र ३२ वर्षिय रवी खनालको शव भेटिएको कास्की प्रहरीले वताएको छ ।

सशस्त्र, नेपाली सेना र स्थानियको टोलिले शनिवार दुर्घटना पछी सांझ सम्म खोज्दा नभेटिए पछी आईतबार विहानैदेखि खोजी कार्य थालेको थियो । शनिबार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । यो सँगै दुर्घटनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा चढेर घर जाने क्रममा चढेको डुङ्गामा वढी तौलका कारण बिस्तारै पानी छिरेको र एक साईड वाट पानी भरिएर डुङ्गा डुबेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com