मानव अधिकारकाबारेमा नेपालका युवाहरुको चासो बढ्दो
प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

मानवअधिकारका बारेमा नेपालका युवाहरको बढ्दो चासो र सकृयता देखिन थालेको छ । मानव अधिकारका लागि युवा अभियान नेपाल नामक संस्थाले राजधानीमा गरेको दुई दिने बिषेश कार्यक्रममा सहभागी युवाहरुलाई हेर्दा मानव अधिकारका क्षेत्रमा युवाहरुको चासो बढ्दो देखिएको हो ।
गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा सात वटै प्रदेशका दुई सय भन्दा धेरै युवा बिद्यार्थीको सहभागिता रहेको थियो । बिभिन्न क्याम्पस तथा बिद्यालयबाट आएका युवा बिद्यार्थीहरुले मानव अधिकारका बारेमा गहिरो चासो राख्दै देशको बर्तमान अवस्था र मानव अधिकारका बारेमा कुरा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै गृहमन्त्री रामबहादुर थापाले कुनै पनि जात, लिंग वा रंगका आधारमा मानिसहरु बिच बिभेद हुन नहुने बताउनुभएको थियो । मन्त्री थापाले युवाहरु नै देशको संबाहक भएकोले युवाहरुहरुलाई मानवअधिकारको बारेमा चेतना दिने खालको कार्यक्रम आयोजना गरेकोमा आयोजकहरुको प्रशंसा गर्नुभएको थियो ।
सातैवटा प्रदेशका युवा बिद्यार्थिको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानव अधिकार र नेपालको अहिलेको अवस्थाको बारेमा प्रष्टाउनुभएको थियो । दुई दिनसम्म चलेको कार्यक्रमलाई राष्ट्रिय युवा आयोगका उपाध्यक्ष माधव ढुंगेल, नेपाल सरकारका सचिव मधुसुदन अधिकारी, प्रदेश ३ का सांसद लक्ष्मण लम्साल, प्राध्यापक डाक्टर श्रीधर गौतम, आनन्द आदित्य, बिद्यार्थी नेता रञ्जित तामांग, लगायतले देशको अवस्था र युवाहरुको भुमिकाको बारेमा बोलेका थिए ।
संंस्थाका महासचिव रिषी गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष बैकुण्ठ थापाले धन्यबाद ज्ञापन गर्दैै कार्यक्रमको उद्धेश्यको बारेमा प्रष्टाउनुभएको थियो ।
दुई दिन सम्म चलेको कार्यक्रमको पहिलो दिन बक्ताहरुसंग युवा बिद्यार्थीको अन्र्तकृया गराइएको थियो भने दोश्रो दिन युवाहरुले मानव अधिकारका बारेमा कार्यपत्र तथा छलफलमा भाग लिएका थिए । मानव अधिकारका लागि युवा अभियान नेपाल नामक संस्थाले नेपालमा युवाहरुलाई लक्षित गरि बिभिन्न मानव अधिकार सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।
संस्थालाई मानवअधिकार सम्बन्धी उत्कृष्ट काम गरेकोले बिभिन्न अन्तराष्ट्रिय पुरस्कार समेत पाएको छ ।