महोत्तरीमा गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

महोत्तरीमा गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा गएराति १२ बजे गोली प्रहार गरी लुटपाट भएको हो । डाँकाहरुको समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए ।

१० भन्दा बढी संख्यामा आएका अज्ञात हतियारधारी समूहले प्रहार गरेको गोलीको छर्राले घरधनी ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दिपेन्द्र तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको टाउकोमा चोट लागेको छ । उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

‘गुहार माग्दा प्रहरी घटनास्थल जान मानेन’

भुजेलको घरमा लुटपाट भइरहेको जानकारी पाएपछि मोटरसाइकल चढेर उद्धारको लागि आउँदै गरेका आफन्तहरुमाथि डाँका समूहले सुतली बम प्रहार गरेर रोकेको पीडितको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाँकाहरुले नगद र गरगहनासहित करिव ८ लाख बराबरको गरहगना लुटेको पीडित परिवारको भनाइ छ । अर्जुनकी श्रीमती र आमाले कानमा लगाएको सुनका गहना डाँकाहरुले लुछेर लगेका छन् ।

डकैती भैरहँदा नजिकैको जमुनिया चोकमा ड्युटीमा खटिएका सशस्त्र र नेपाल प्रहरीसहितको टोलीलाई सहयोगको लागि गुहार माग्दासमेत प्रहरी घटनास्थल जान डराएको स्थानीयको भनाइ छ । प्रहरीले आफूहरुसँग हातहतियार नभएको भन्दै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका छन् ।

यसैबीच लुटपाटबारे केेही व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट रातो कपडामा बेरिएको सुतली बम र तीन थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com