सहकारीको दर खाँदा ५० जना बिरामी


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

काभ्रेको पाँचखाल नगरपालिका-१२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको छ ।

बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ ।

बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

र यो पनि समाचार

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कास्की सबैभन्दा अब्बल

 

२३ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् ।

कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका छन् । उत्कृष्ट आंगिक क्याम्पसतर्फ पनि कास्कीले नै बाजी मारेको छ ।

आ-आफ्नो वर्गमा उत्कृष्ट नतिजा ल्याउन सफल भइ पहिलो, दोस्रो र तेस्रो भएका शैक्षिक संस्थाहरुलाई राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले पुरस्कृत गर्दछ ।

यस वर्ष पुरस्कृत हुने शैक्षिक संस्थाहरु छनोट गरिएको छ । जसअनुसार सामुदायिक विद्यालयमा कक्षा १० तर्फ शितलादेवी सामुदायिक विद्यालय कास्की पहिलो, त्रिपद्म विद्याश्रम मावि ललितपुर दोस्रो र कालिका मावि रुपन्देही तेस्रो भएका छन् ।

संस्थागत विद्यालयतर्फ मदरल्याण्ड मावि कास्की पहिलो, जेम्स मावि ललितपुर दोस्रो र ज्ञान निकेतन मावि काठमाडौं तेस्रो भएका छन् ।

कक्षा १२ तर्फ सामुदायिक विद्यालयमा अमरसिंह मावि कास्की पहिलो, विश्व निकेतन मावि काठमाडौं दोस्रो र बज्रबाराही मावि ललितपुर तेस्रो भएका छन् ।

संस्थागत विद्यालयमा कक्षा १२ तर्फ एसओएस हर्मन माइनर भक्तपुर पहिलो, एभरेष्ट इंग्लिस बोर्डिङ मोरङ दोस्रो र नेशनल सेकेण्डरी स्कूल ललितपुर तेस्रो भएका छन् ।

आंगिक क्याम्पस तर्फ पृथ्वीनारायण क्याम्पस पोखरा, सामुदायिक तर्फ लुम्बिनी वाणिज्य क्याम्पस रुपन्देही र निजीतर्फ मनमोहन इन्स्िटच्युट अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट क्याम्पसको रुपमा छनोट भएका छन् ।

सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा आंगिकतर्फ लाहान प्राविधिक शिक्षालय सिरहा, सामुदायिकतर्फ पद्मोदय मावि दाङ, साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्िटच्युट मोरङ र निजीतर्फ नेशनल हृयुमन रिसोर्स डेभलपमेन्ट एकेडेमी धनुषा पुरस्कृत हुने भएका छन् ।

बहिरा बालबालिकाको लागि शिक्षाको पहुँचमा उल्लेखनीय योगदान दिएबापत केन्द्रीय बहिरा विद्यालय काठमाडौंलाई समेत पुरस्कृत गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यस वर्ष नेपाल विद्याभुषण ‘क’ बाट २३१ जना, नेपाल विद्याभुषण ‘ख’ बाट ११८ जना, नेपाल विद्याभुषण ‘ग’ बाट १७ जना र नेपाल छात्रा विद्यापदक २० जना गरी कुल ३८६ जनालाई विभुषित गर्दैछ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना प्रधानाध्यापकलाई पनि सम्मानित गरिने छ ।

सरकारले शिक्षक, प्राध्यापक, कर्मचारी, अभिभावक, शिक्षासेवी, व्यवस्थापक लगायतलाई पुरस्कृत गर्न छोडेको भन्दै नेपाल शिक्षक महासंघले भने शिक्षा दिवसको अवसरमा मन्त्रालयले गर्ने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com