गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह सक्रिय


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

काठमाडौं। भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएको छ ।

गिरोहले रोहिन्या र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ शिर्षकमा छापिएको समाचारमा भनिएको छ, गिरोहका नाइकेको रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पइएको छ ।

यसरी अवैध रुपमा काठमाडौ आइपुगेका बंगलादेशी र रोहिन्या आप्रवासी बूढानिलकण्ठ नगरपालिका ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन् ।

निरन्तर रुपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए । आप्रवासी र स्थानीयबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको समाचार नागरिक दैनिको समाचारमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com