ट्रम्पका पूर्वसल्लाहकारलाई किन जेलसजाय


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ।

लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक ‘देशभक्त अमेरिकी’ भएको बताए।

मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्तव्यस्त
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए।

शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ।

अदालतसमक्ष उनले आफ्नो ‘पूरै जीवन अस्तव्यस्त’ रहिआएको बताउँदै आफूलाई सच्याउनका निम्ति ‘अर्को मौका पाउने’ विश्वास व्यक्त गरे।

‘यो अनुसन्धानको विश्वव्यापी अर्थ रहनेछ र सत्यले महत्त्व राख्छ’ भन्दै पापाडोपलसले अदालतमा आफ्ना कुरा टुङ्ग्याएका थिए।

विगत
शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम शुरू गरेका थिए।

त्यसअघि उनी लण्डनस्थित पेट्रोलियम विश्लेषकका रूपमा कार्यरत थिए।

आफ्नै पूर्व वकिलले उनीबारे बोल्ने भनेपछि राष्ट्रपति ट्रम्पको समस्या बढेको ठानिएको छ।
स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम थालेको केही समयपछि उनले माल्टाका एकजना प्राज्ञसँग सम्पर्क गरे।

ती प्राध्यापकले ट्रम्पका चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको व्यक्तिगत जीवनबारे सार्वजनिक गरिए क्षति पुग्न सक्ने जानकारी ‘ईमेलका रुपमा’ आफूसँग भएको बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com