रोकिएन टिप्पर आतंक, दुईजनाको ज्यान लियो


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

धनुषामा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापनीले नियन्त्रणमा लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धनुषामा टिप्पर आतंक नियन्त्रणका लागि टाइमकार्ड लागू गरिएको भएपनि उक्त टाइमकार्ड कार्यान्वयन हुन सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com