गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

पुतलीबजार नगरपालिका–४ स्थित झौरीखेत निवासी थानबहादुर थापाका एउटा राँगो र भैंसीको पुच्छर आइतवार राति अज्ञात व्यक्तिले काटिदिएका छन् ।

गोठमा बाँधिएका रागो र भैसीलाई घाँस पराल हालेर आइतवार साँझ सुतेका थापा सोमबार बिहान कुँडो पानी खुवाउन जाँदा पुच्छर काटिएको अवस्थामा देखेको बताए । थापाले बीउ राँगो पनि पालेका छन् । जुन ठाँउमा राँगाको माग हुन्छ, उनी आफैंले त्यस स्थानमा राँगो लिएर जाने गर्दछन् ।

पुच्छर काटिएको अवस्थामा आफना पशु देख्नासाथ प्रहरीलाई खबर गर्नुका साथै भेटेरेनरी चिकित्सक लगेर उपचार गराएको वडाअध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।

आफुले पालेका पशुको त्यस्तो दुखदायी अवस्था देखेपछि थापा चिन्तित छन् । रागोको पुच्छर च्याट्ट काटिएको छ भने भैंसीको पुच्छर थिलथिलाएर काटिएको छ । दोषी पत्ता लगाएर कडा कारवाही गर्नु पर्ने थापा परिवारको माग छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com