आमा बलात्कर गर्ने एक युवालाई जन्मकैद


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

जिल्ला अदालतले आमालाई बलात्कार गर्ने साल्पासिलोछो गाउँपालिकाका एक युवालाई जन्मकैदको फैसला गरेको छ । आमालाई बलात्कार गरेका वडा नम्बर २ का २७ वर्षीय मिसान शेर्पालाई अदालतले जन्मकैदसहित फैसला सुनाएको हो ।

न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले जन्मकैद फैसला गरेको हो । कानुनमा आमालाई करणी गर्नेलाई जन्मकैद सजाय व्यवस्था भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी गराउनुभयो ।

अभियुक्त मिसानले २०७४ साल पुसदेखि २०७५ असार १ गतेसम्म ६२ वर्षीया आमालाई पटक पटक बलात्कार गर्दै आएका थिए । आफ्नै छोराले धेरै पटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन । गाउँपालिकाले प्रहरी कहाँ पठाएपछि मिसानलाई पक्राउ गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com