अझै केही दिन बढ्छ डलरको भाउ


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन।

पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर । यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर १ सय १४ रुपैयाँभन्दा माथि पुगेको छ।

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न १ सय १४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो ।

मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ ६४ पैसा तोकेको छ। यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर १ सय १३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्र देखिएको तीव्र आर्थिक सुधारले विश्व बजार डलर बलियो बन्दै गएको जनाउँदै राष्ट्र बैंक विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलरबन्दै जाने अनुमान गरे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com