राँके बजारमा आगलागी, करिब दुई करोड मूल्य बराबरको क्षति


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

आगलागीबाट तीन वटा सटरसहितको पाँच तले घर जलेको छ । प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अाभुषण तिम्सिनाका अनुसार श्रेष्ठकाे घरमा रहेकाे किराना पसल, जुत्ताकाे पसल जलेर नष्ट भएकाे छ । जितबहादुर बस्नेतकाे किराना पसल जल्दा ४० लाख, शिवबहादुर विष्टकाे जुत्ता पसल जल्दा ७ लाख र श्रेष्ठकाे पाँच तल्ले घर पूर्ण रुपमा जल्दा १ कराेड ३५ लाख बराबरकाे क्षति भएकाे प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com