राँके बजारमा आगलागी, करिब दुई करोड मूल्य बराबरको क्षति


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

आगलागीबाट तीन वटा सटरसहितको पाँच तले घर जलेको छ । प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अाभुषण तिम्सिनाका अनुसार श्रेष्ठकाे घरमा रहेकाे किराना पसल, जुत्ताकाे पसल जलेर नष्ट भएकाे छ । जितबहादुर बस्नेतकाे किराना पसल जल्दा ४० लाख, शिवबहादुर विष्टकाे जुत्ता पसल जल्दा ७ लाख र श्रेष्ठकाे पाँच तल्ले घर पूर्ण रुपमा जल्दा १ कराेड ३५ लाख बराबरकाे क्षति भएकाे प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com