सुन्धारामा गोली चल्यो !


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

१७ भदौ  काठमाण्डुको सुन्धारामा गोली चलेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले सुन्धारामा गोली चलाएको हो ।

सुन्धारास्थित सीटिसी मलको चौथो तलामा रहेको एक मोबाइल पसलमा प्रहरीको सिभिल टोलीले गोली चलाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले भने गोली नचलेको दाबी गरेका छन् । उनले सिटीसी मलमा एक जना अभियुक्त रहेको सुइँको प्रहरीले पाएपछि महाशाखाको टोली मलमा पुगेको थियो ।

महानगरीय प्रहरी परिसरको सिभिल टोलीका प्रहरी नायव निरीक्षक लोकेन्द्र पण्डितले गोली चलाएको खुलेको छ । गोली सीटिभी मोबाइलका सञ्चालक किसान राईलाई लक्षित गरिएको थियो । राई फरार छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com