Follow @khasokhasmag

एनसेलले ल्यायो नयाँ अफरः हरेक हप्ता १० जनालाई एक लाख नगद उपहार


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर यहि आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म सञ्चालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक रु १०० बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएसमार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने ‘लक्की ड्र’ मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबारका दिन साँझ ७ः०० बजे एपिवान टेलिभिजनमा ‘लक्की ड्र’ प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आईरहेको चाडपर्वमा सहभागि हुन पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,  एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com