गोरखामा आफ्नै आमाबाट न्वारन कै दिन मारिएकी शिशुबारे यस्तो रहस्य खुल्यो ( भिडियो )


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

गएको भदौ ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनको बच्चा मृत भेटिएकी छिन् । न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै रहस्यमय रुपमा हराएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको बताइएको छ ।

आमा रथीले नै छोरीलाई मारेको खुल्न आएकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।भदौ ८ गते राति १ बजे आमा शौच गर्न गएका बेला बालिका हराएको जानकारी आए लगत्तै प्रहरीले खाजी कार्य शुरु गरेको थियो । रथी छोरीलाई लिएर राति सासूसँगै एउटै कोठामा सुतेकी थिइन् ।

राति १ बजेतिर बच्चा रोएपछि स्तनपान गराई सासूलाई जिम्मा लगाएर शौच गर्न गएका बेला बच्चा हराएको उनको दावी थियो ।केही मिनेटकै बीचमा रहस्यमय रुपमा बच्चा हराएपछि परिवारका सदस्यसँग सोधपुछ गरेको थियो । शंका लागेर त्यसपछि सोधपुछ गर्दा आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको छ ।हेर्नुहोस् यस्तो छ घटनाको भित्रि रहस्य

https://youtu.be/GK_wEuWkMxs

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com