वीरगञ्ज–काठमाडौं रेलमार्ग विस्तार गर्ने सहमति , अाउँला त अब रेल?


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

नेपाल र भारतबीच वीरगञ्ज –काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो ।

दुई देशबीच भएको सहमतिमा भारतको कोलकता/हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको जनाइएको छ ।

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com