काठमाडौंको बानेश्वरबाट १५ बर्षीया किशोरी बेपत्ता


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

बानेश्वर मिलनचोक देवकोटा मार्गमार्गबाट १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी छन् ।

गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी थिइन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।

‘छोरी आफ्नै कोठमा बसिरहेकी थिइन् । हामी अर्को कोठामा बसिरहेका थियौँ’, निक्कीका बुबा निलकण्ठ पराजुलीले रातोपाटीसँग भने, ‘पछि हेर्दा उनी कोठमा थिइनन् ।’

आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको पराजुलीले बताए ।

हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।

उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ / ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com