बिमस्टेकका सबै पाहुनालाई राष्ट्रपति भण्डारीद्वारा दिवा भोजको व्यावस्था


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

बिमस्टेकको १४ औँ शिखर सम्मेलनमा सहभागी हुन आएका सबै शीर्ष पाहुनालाई  राष्ट्रपति भण्डारीले दिवा भोजको आयोजना गर्नुभएको छ ।

राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा उनीहरूलाई स्वागत गरेका छन ।

बिमस्टेक शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाली राष्ट्रपति मैत्रीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुकका राष्ट्रपति भण्डारीले शीतल निवासमा दिवाभोज आयोजना गरेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले गर्ने बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनपनि हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र चिफ अफ प्रोटोकल दीपक अधिकारी सहभागी हुनेछन् ।

शीर्ष पाहुनाहरुसँगको बैठक सकिएलगत्तै राष्ट्रपति कार्यालय परिसरभित्रै आयोजना गरिएको दिवाभोजमा अन्य पाहुनाहरुलाई पनि निमन्त्रणा दिइएको छ ।

तिनमा राष्ट्राध्यक्ष र सरकार प्रमुखका श्रीमान् वा श्रीमति, परराष्ट्रमन्त्री मात्र छन् । विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका  नेताहरुलाई बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुलाई दिइने दिवाभोजमा निम्तो दिइएको छैन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com