भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा, रक्षामन्त्री पोखरेलले गरे स्वागत
प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।
आजदेखि काठमाडौंमा सुरुहुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।
अव केहीवेरमा थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आउने कार्यक्रम छ।