आज बिजोर नम्बरका गाडी मात्र चल्ने


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

सरकारले बिमस्टेक बैठकलाई लक्षित गर्दै बुधबार देखि शुक्रबार ३ दिनसम्म काठमाडौंमा जोर बिजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।

१४ र १५ हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर ९१,३,५,७,९०० भएका गाडीमात्रै चल्न पाउनेछन् भने बिहिबार जोर ९०,२,४,६,८० अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

यसअघि अन्तिको दुई वटा नम्बरको आधारमा गाडी चल्न दिइने भनिएपछि अहिले अन्तिम नम्बर मात्रै हेर्ने निर्णय भएको महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com