त्रिशुलीमा खस्यो ट्रिपर, १ जनाको ज्यान गयो ,अर्का एक बेपत्ता


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

धादिङस्थित त्रिशुली नदीमा आज बिहान ट्रिपर खसेको छ । ट्रिपर त्रिशुली नदीमा खसेपछि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धादिङ गजुरी–६ का २३ वर्षीय केशर पुलामी रहेका छन् ।

बेपत्ता हुनेमा रामकृष्ण भुजेल रहेका प्रहरीले जनाएको छ । अन्य तीन जना घाइते भएको बताइएको छ । मादक पदार्थ सेवन गरेर ट्रिपर चलाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com