भीभीआईपीको नेपालयात्रा सेड्यूल : सबैभन्दा पहिला म्यानमार अन्तिममा बंगलादेश


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउने क्रम सुरु हुँदैछ । सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् ।

त्यसैगरी  बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् ।

सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहा १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् ।

त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुनेछिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com