डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटना हुदा पाचँ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादर केसीले जानकारी दिनु भएको छ । घाईतेलाई उपचारको लागि उप–क्षेत्रिय अस्पताल ल्याईदैछ । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिनु भएको छ ।

जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com