डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटना हुदा पाचँ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादर केसीले जानकारी दिनु भएको छ । घाईतेलाई उपचारको लागि उप–क्षेत्रिय अस्पताल ल्याईदैछ । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिनु भएको छ ।

जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com