कञ्चनपुरका एक युवक ११ दिन हिरासत बसे, प्रहरीले जानकारीसम्म दिएन !


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ बर्षे चक्र बडु अनुसन्धानका लागि भनेर पक्राउ परेका थिए। तर प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन ।

घटनालगत्तै प्रहरीले कैलालीका जीवन धर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभुत विद्यालय, हल्दुखालका शिक्षक चुडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

ती ब्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । तर, एक थप्पड लगाए भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो । नयाँ पत्रिकामा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com