घरबाट चोरी भएकी बालिकाको शव भेटियो


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

औरही नगरपालिका १ बाट अपरिचित व्यक्तिले चोरेर लगेको ७ महिने बालिकाको शव फेला परेको छ। औरही ७ घर भएका संतोष साहको ७ महिने छोरी सोनालीलाई आईतबार साँझ औरही १ स्थित फेन्सी पसलबाट अपरिचत व्यक्तिले चोरेर लगेको थियो।

ती वालिकाको सोमबार अपराह्न औरही १ मै रहेको पोखरी नजिकको खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी इश्वर कार्कीले बताए।

आईतबार साँझ साढे ६ बजेतिर सन्तोषकै श्रीमतिले संचालन गरेको आफ्नो फेन्सी पसलमा बालिकालाई राखेर खेलाइरहेकी थिइन्। पसलमा ग्राहकहरु आएपछि संतोषकी श्रीमतीले ग्राहकलाई समान दिन थालेपछि सोहि मौका छोपि अपरचित व्यक्तिले बालिकालाई उठाएर भागेको पीडितको भनाई छ।

बच्चा लिएर भाग्ने पुरुष मान्छे रहेको पसलमा जडान भएको सिसिटिभी क्यामराको फुटेजमा पनि बालिकालाई ती पुरुषले उठाएर लगेको स्पष्ट देखिएको प्रहरीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चोरीएको बच्चाको आईतबार साँझदेखि खोजि कार्य तिब्र पारिए पनि बालिकाको शव सोमबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ। बालिकाको मृत्युको कारण पोष्टमार्टम पश्चात मात्र खुल्ने एसपी कार्कीले बताए।

‘सानो बालिका भएकोले उनको हत्या गरिएको हो अथवा भोकले मरेको यकिन साथ भन्न नसकिने अवस्था रहेकोले पोष्टमार्टम पश्चात कारण खुल्ने छ’ एसपी कार्कीले भने ‘बच्चा चोरेर लाने पुरुषको खोजी भई रहेको छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com