पोखरामा १३ वर्षीय बालिकाको बलात्कार पछी हत्या !


प्रकाशित मिति : भाद्र ९, २०७५ शनिबार

पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासिनी मावि बटुलेचौरमाकक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् ।

१३ वर्षीया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् । घर नपुग्दै तरकारी किनेर लानु छ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रवार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् ।

उनले लगाएको स्कट खोलिएको, भुईहरु चिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल पुग्नेहरू यो बलात्कार पछि हत्या भएको हुनसक्ने बताउँछन् । उनको सबलाई पोस्टमार्टमका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com