फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन
प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार
फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै संसदीय समितिले करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएकोले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देश गरेको हो ।





