अध्यागमन डिपोर्ट तीब्र पार्न दिइएको ट्रम्प प्रशासनको आदेशको आलोचना


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

अमेरिकाबाट अध्यागमन डिपोर्टलाई तीब्र पार्न महान्यायाधिवक्ता जेफ सेसनलाई न्यायाधिसहरुलाई अन्तरिम आदेश जारी गरेपछि कानुनविदहरुले त्यसको आलोचना गरेका छन् । सेसनले देशनिकालाबारेका अध्यागमन मुद्दाहरु विना कुनै राम्रो कारण पछि नसार्न न्यायाधिसहरुलाई निर्देशन दिएका छन् ।

महान्यायाधिवक्ता सेसनले नयाँ आदेशले अमेरिकामा अध्यागमन न्यायाधिसहरुको तजविजी अधिकारलाई नियन्त्रण गरेको छ । ट्रम्पबाट महान्यायाधिवक्तामा नियुक्त पूर्व अमेरिकी सिनेटर सेसन पूर्व महान्यायाधिवक्ताहरुको तुलनामा अस्वभाविक रुपमा सकृय भएको भन्दै आलोचना समेत गरिएको छ ।

अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले अध्यागमन ब्याकलग कम गर्न संघर्ष गरिरहेको छ । त्यसै अनुरुप हालै २३ जना नयाँ न्यायाधिसहरुले थपेर न्यायाधिसको संख्या ३५१ पुर्याइएको छ । गत जनवरी यता ८२ जना न्यायाधिसहरुले सपथ ग्रहण गरिसकेका छन् भने अबको केही महिनामा ७५ न्यायाधिसहरु थप्ने तयारी भइरहेको छ ।

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com